मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभयो । उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत पाउनुभयो ।

नेकपा एमालेको मालिका गाउँपालिका कमिटी अध्यक्ष रहेका गर्बुजा वि।स। २०७४ को चुनावमा काँग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो । मालिका गाउँपालिका वडा नम्बर ७ को स्थायी बासिन्दा गर्बुजा किसानी प्राविधिक शिक्षालयको संस्थापक हुनुहुन्छ ।
मालिका–७ बिमको वडा अध्यक्षमा एमालेका टकबहादुर पुनले ४२७ मत ल्याएर बिजयी हुनुभयो । पुनका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का रुविन्द्र जुग्जालीले ३६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षमा १२१, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा ५८ मतान्तरले जितेका हुन् ।

वडा नम्बर ७ को वडा सदस्यमा एमालेका तिलकबहादुर जुग्जाली, हर्कमान जुग्जाली, रजनी रोका जुग्जाली र भिमसरा रसाइली विजयी हुनुभएको छ । १३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ८८४५ मत खसेकाे थियाे । मालिकामा ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन् । ७ वटा वडा रहेको मालिकामा एमाले र काँग्रेसले ३÷३ र माओवादीले एक वटा वडा जितेका छन् । वडा नं।१ मा काँग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयबहादुर बुढाथोकी, ३ मा माओवादीका मोतिप्रसाद बुढा, ४ मा काँग्रेसका भिजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिम पुन र ६ मा एमालेका पथबहादुर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…