मालिका–५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित पुनले ७८३ मत पाउनुभएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रतिद्धन्दी एमालेका कुलबहादुर घर्तिले ६४० ,माओवादीका बिनोद रानाले १३४ र मंगोलका बुद्धीप्रसाद फगामीले ६८ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार पुनको प्यानल नै बिजयी भएको छ ।


यसैगरी गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ६२६ ,एमालेका बेगप्रसाद गर्बुजालाई ५३९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३८३ र मंगोलका खमबहादुर रोकालाई ७४ मत खसेको छ भने उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ७६९ ,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ५८५ ,माओवादीकी गौरी सेन्चुरीलाई १६९ र मंगोलकी धनदेबी बुढालाई ७९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…