मेयर उम्मेदवार स्थापितले पठाए आयोगमा स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाउनुभएको छ।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न भनेको थियो।स्थापितले वैशाख १५ गते भएको कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिनुभऐको थियो ।

त्यही कार्यक्रममा उहाँले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, ‘के आधारमा प्रश्न गर्नुभयो यी बहिनीलेरु म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ?’महिलालाई दुरूत्साहन हुने अभिव्यक्ति दिएपछि आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो।यस्तै स्थापितले मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति दिएको अभिव्यक्तिमा पनि आयोगले प्रष्ट पार्न भनेको थियो।

स्थापितले बालेनप्रति टिप्पणी गर्दै परिचय नखोल्ने अन्तर्राष्ट्रिय ठग भन्नुभएको थियो । वैशाख १८ मा स्थापितले बालेनमाथि दिएको अभिव्यक्तिपछि आयोगले उहाँलाई स्पष्टीकरण दिन भनेको थियो। एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छरु’ स्थापितले भन्नुभएको थियो।

यी दुई उजुरीमाथि स्थापितले आयोगमा स्पष्टीकरण पठाउनुभएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार स्थापितले आफ्ना कुरा प्रष्टसँग राख्ने क्रममा आफूका कुराले कसैमाथि मानहानी भएको भन्न नमिल्ने जवाफ पठाउनुभएको छ । आफ्ना कुरा प्रष्ट राख्ने क्रममा मैले बोलेका कुराले कसैको चरित्र हत्या र मानहानी हुने भन्न मिल्दैन’ स्थापितले स्पष्टीकरणमा लेखेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…

thumbnail

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…