मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे

जनकपुर । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्‍द्रप्रसाद कुशवाहा पराजित हुनुभएको छ। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित हुनुभएको हो।

लोसपाका देवेन्द्र कुमार यादवले ५२९४ मत प्राप्त गरी मेयरमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्द्वी कुशवाहाले ४७५२ मत ल्याउनुभयो । कुशवाहा २०७४ सालको निर्वाचनमा समेत मेयरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार यादवसँग पराजित हुनुभएको हो । मेयरमा पराजित भएपछि कुशवाहा कांग्रेसबाटै प्रदेशसभा निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो । तर फेरि मेयर उठ्न निर्वाचनको मुखमा उहाँले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…