मोटरसाइकल दुर्घटनामा उम्मेदवारको मृत्यु

धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइसर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइसरले बागमती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार हुन् । नीलकण्ठ निर्वाचन कार्यालयले भोट गन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…