विराटनगर १३ मा राप्रपाको जित

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए ।

उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त वडा राजपाले जितेको थियो । विराटनगरको १, २, ३ र १९ नम्बर वडामा एमालेले जितेको छ भने १६ मा कांग्रेस, १७ मा जसपा र १८ मा स्वतन्त्रले जितेको छ । अहिले ४, ५, ६, ७, १२, १४ र १५ नम्बर वडाको मत गणना भइरहेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…