विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधान कार्यालय नक्सालको सहयोगमा विद्युतीय माध्यमबाट म्याद तामेल ७ दिनभित्र गराउन आदेश दिएको छ । यस सम्बन्धमा ३ दिनभित्र जवाफ दिन पनि अदालतले सरकारलाई आदेश दिइएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…