व्यावसायिक आचरण र निष्‍ठामा प्रतिबद्ध : नेपाल बार

काठमाडौँ । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ ।

कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वर्द्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ । सन्देशमा भनिएको छ, ‘यस विशेष दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गर्दछौँ ।’

प्रधान न्यायालय ऐन, २००८ को कार्यान्वयन २००९ साल वैशाख २६ गतेदेखि भएको सम्झनामा प्रत्येक वर्ष कानुन दिवस उल्लासमय रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा बारले न्यायपालिकालाई यस अवस्थासम्म ल्याई पु¥याउन अग्रणी भूमिका खेल्नु हुने सम्पूर्ण अग्रज व्यक्तित्व र अग्रज कानुन व्यवसायीको समेत स्मरण गरेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…