श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

एजेन्सी । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…