श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा

एजेन्सी । श्रीलंकामा केही दिनयता सुरू भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन्। उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका थिए।

त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन्।सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका थिए।प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन।

आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्। सरकारका विरूद्ध जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको छ। सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…