संघ र प्रदेशको निर्वाचसम्म सत्तारुढ गठबन्धन कायमै रहन्छ : काँग्रेस सचेतक भुसाल

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसद बैठकबाट बाहिरिँदै गर्दा सचेतक भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो ।

पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उहाँको भनाइ छ । उहाँले स्थानीय तह निर्वाचनमा काँग्रेसको अग्रताले काँग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताउनुभयो । उहाँले काँग्रेसको काँधमा जिम्मेवारी थपिएको बताउनुभयो। सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताउनुभयो ।

पार्टीभित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उहाँको भनाइ छ ।महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो ।

तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ यसबाट भोलिको दिनमा पार्टीले उम्मेदवारी दिँदै गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ । यो परिणामलाई हेरेर निष्कर्ष निकाल्नुपर्ने त छैन, किनभने अझै धेरै परिणाम आउन बाँकी छ ।’ उहाँले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरीलाई दोहोरिन नदिने पनि बताउनुभयो। रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल औषधी उत्पादक संघको माग

काठमाडौं । नेपाल औषधी उत्पादक संघले नक्कली औषधीको अवैध बिक्रीवितरण, प्याकिङ, लेबलिङ्ग र अधिकतम बिक्री​मुल्य प्रिन्ट गरी बजारमा पठाइएको भन्ने भ्रमात्मक कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सोमबार एक विज्ञप्ति…

thumbnail

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले यस्तो बताउनुभएको हो । बजेट केही मान्छेलाई…

thumbnail

सरकारले जग्गा धितो राख्न रोक लगाएन : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी…