सत्ता गठबन्धनको प्रतिबद्धता : बागलुङ नगरपालिकामा एक घर एक धारा

बागलुङ । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।

गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा आर्थिक विकास क्षेत्र तर्फ कृषि तथा पशुपालन, सिंचाइ, सम्पदा संस्कृति एवं पर्यटन, उद्योग व्यवसाय तथा रोजगारी र बैंक, वित्तीय सेवा र सहकारीका विषयलाई जोड दिइएको छ ।

आगामी ५ वर्षमा एक घर एक धारा कार्यक्रमलाई टोलटोलमा पुर्‍याइने र श्रम वैंकको स्थापना गरी बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरिएको छ ।सामाजिक विकासको क्षेत्रमा शिक्षा तथा नवप्रबर्द्धन, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण र युवा तथा खेलकुदका विषयलाई जोड दिइएको छ ।

पूर्वाधार विकास तर्फ सडक यातायात, आवास, भवन, बस्ती तथा शहरी विकास, वैकल्पिक ऊर्जा, सञ्चार तथा प्रविधि, फोहोरमैला व्यवस्थापनका तथा दीगो ढल निकासको विषयलाई प्राथमिकता दिइएको छ । प्रतिबद्धतापत्रमा वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन लगायतका विषय पनि उल्लेख छ । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…