सुवास नेम्वाङको पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

इलाम । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पूर्वपत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित हुनुभएको हो । खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाउनुभएको थियो । यस्तै, महिला सदस्यमा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बू, र लिला बहादुर राई निर्वाचित हुनुभएको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…