सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ । २२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो ।

बुधबार सेयर बजारमा सबै उपसमूहरुका परिसूचक वृद्धि देखिएका छन् । बैंकिङ समूह ८ अंकले बढेको छ भने व्यापार समूह २९।३१ अंकले वृद्धि भएको छ । होटल, विकास बैंक, जलविद्युत, वित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादमूक, लघुवित्त, म्युचुअल फन्ट, लगानी र अन्य समूहका परिसूचक हरिया रहे ।

बुधबार बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् आयोजना, सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।कर्पोरट डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स, मार्दी हाइड्रो र प्रभु लाइफ इन्सुरेन्सका लगानीकर्ताले धेरै मूल्य गुमाए । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…