स्थानिय निर्वाचन: १६ स्थानमा झडप

काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।

कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ ।

त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ । दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् ।बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…