सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो

गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो । यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो।

‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले पहिरो हटाउन नेपाली सेनालाई आग्रह गरेको छ।’ बेनिघाट(रूइला सडकअन्तर्गत लुस्याङ खोलानजिक पहिरो खसेको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले यो सडक निर्माण गरिरहेको नेपाली सेनाको टोलीलाई भेटेर सुख्खा पहिरो हटाई आवागमन गर्न सकिने बनाइदिन आग्रह गर्नुभएको छ । सुख्खा पहिरोले गर्दा मानिस र खच्चड रोकिएका छन् । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार