तरुणहरु लोकतान्त्रिक विचार र आर्दशबाट विचलित हुन हुँदैनः गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको शुभकामना दिँदै उहाँले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

गणतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गर्नुभयो । लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने भन्दै तरुणहरूलाई लोकतान्त्रिक विचार र आदर्शबाट विचलित नहुन आग्रह गर्नुभयो । गणतन्त्र दिवसले जनताका लोकतान्त्रिक अधिकारहरू खोस्न सल्बलाउन लागेका निरङ्कुशताका अवशेषहरू पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आट र क्षमता प्राप्त होस् भन्ने कामना गुरुङले गर्नुभयो । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार