अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ । कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।पहिलो पटक हुन लागेको यस अवार्डमा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट राष्ट्रिय खेल संघ गरेर ५ विधामा अवार्ड प्रदान गरिनेछ ।

यस्तै खेलकुद पत्रकारिता सँग जोडिएको छापा, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारितातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । स्पोर्ट्स फर अल कमिसनले गत २२ जेठदेखि नै नेपालमा विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउन सुरु गरेको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…