अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २५० को मृत्यु, कयौं घाइते

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।

यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या अझै २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताएको छ ।

घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए । जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो ।

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…