अर्थमन्त्रीलाई गगन थापाका प्रश्नप्रश्नै

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई स्रोत व्यवस्थापनलगायत विषयमा प्रश्न गर्नुभएको छ । आज प्रतिनिधि सभा संसद बैठकमा बजेटबारे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व कसरी २० प्रतिशतले बढ्छ भन्ने प्रश्न गर्नुभएको हो ।

‘यस वर्ष समग्रमा राजश्वको लक्ष्य अरू वर्षहरूको भन्दा कम हुने अवस्था देखिन्छ,’ थापाले भन्नुभयो, ‘यस्तो अवस्थामा यति धेरै राजश्व बढाउँछु भनेर अर्थमन्त्रीले मलाई कसरी आश्वस्त पार्नुहुन्छ ?’अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्नेबारे अर्थमन्त्रीले आश्वस्त पार्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले पूँजीगत खर्चबारे पनि प्रश्न राख्नुभएको छ ।

‘हामी के त्यस्तो नयाँ गर्छौं जसले गर्दा यो वर्ष पूँजीगत खर्च अघिल्लो वर्ष हुन नसकेको पूँजीगत खर्च यो वर्ष हुन्छ  ?,’ उहाँले भन्नुभयो । उहाँले सामाजिक स्वास्थ्य सुरक्षाका सम्बन्धमा कुरा उठाउनुभएको थियो । ‘स्वास्थ्य बीमालाई अब बीमा कम्पनीमार्फत चलाउने भनेर यसपालि अर्थ मन्त्रालयले कार्यक्रम ल्यायो। यो भनेको नेपालले अहिलेसम्म लिएको स्वास्थ बीमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…