असार १ गतेदेखि  सरकारी कार्यालय  समय हेरफेर

काठमाडौं । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो। आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ। शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…