अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन ल्याउँदैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीरसमेत गर्नुभयो । ‘प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘इमान्दारीपूर्वक भन्नुपर्छ यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन ।

अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको बताउनुभयो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…