इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए ।

यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…