इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

विराटनगर । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…