उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले रातोपाटीलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…