एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ ।

आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्‍यो। त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्‍यौं’ उहाँले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्‍यक्ष) ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ।’

उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाभिक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वभाभिक रुपमा लिनुहुन्छ। ‘ अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…