एमसीसी पास भएपछि अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदैछः खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताउनुभएको छ ।

म‌ंगलबार बसेको बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको सम्मानित नेता खनालले बताउनुभयो ।

उहाँले यो प्रस्तावलाई सम्पूर्ण जनताले, सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनु पर्ने र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताउनुभयो । ‘वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकट रुपमा आएको यो प्रस्तावले त्यहि कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔ  ‘खनालले भन्नुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…