एमालेले बहिष्कार गरेपछि हेटौंडा नगरसभा बैठक स्थगित

मकवानपुर । नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए । नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधिअनुसार नगरसभा सञ्चालनका लागि ४८ जना सदस्यको उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल औषधी उत्पादक संघको माग

काठमाडौं । नेपाल औषधी उत्पादक संघले नक्कली औषधीको अवैध बिक्रीवितरण, प्याकिङ, लेबलिङ्ग र अधिकतम बिक्री​मुल्य प्रिन्ट गरी बजारमा पठाइएको भन्ने भ्रमात्मक कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सोमबार एक विज्ञप्ति…

thumbnail

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले यस्तो बताउनुभएको हो । बजेट केही मान्छेलाई…

thumbnail

सरकारले जग्गा धितो राख्न रोक लगाएन : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी…