एमाले सचिवालय बैठक जेठ ३० मा बस्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न ३० गते बैठक बस्ने तयारी भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

‘२९ गते कार्यालयको बैठक बस्छ । उक्त बैठकले मिति घोषणा गर्छ । तर अहिलेसम्म ३० गतेलाई नै बैठक बोलाउने तयारी भइरहेको छ’, उपमहासचिव रिमालको भनाइ छ । नेता रिमालका अनुसार केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका अन्य एजेण्डा पनि तय गर्नेछ । उपमहासचिव रिमाल नेतृत्वको एमाले निर्वाचन विभागले स्थानीय निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ ।

सोही प्रतिवेदनमाथि केन्द्रीत रहेर सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । सो बैठकमा निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ । नेता केशव बडाल नेतृत्वको अनुशासन कमिटीले भुसालमाथि कारवाहीको सिफारिस गरेको छ । भुसालमाथिको कारवाही सिफारिसको विषयलाई लिएर एमालेका केही नेताहरुमा असन्तुष्टि छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…

thumbnail

मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…