एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टिकरण सोध्नुपर्छ : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो ।

‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनु पर्दै भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उहाँले भन्नुभयो, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, योबीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’ रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…