एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ ।

‘एसपीपी सैनिक सम्झौता हुँदैछ रे भनेर प्रचार गरिएको छ । त्यस्तो कुनै सम्झौता भएको छैन, त्यस्तो कुनै सम्झौता हुने छैन भनेर म यहाँबाट घोषणा गर्न चाहन्छु,’ दाहालले भन्नुभयो । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको पनि दाहालले बताउनुभएको छ ।

‘केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ,’ उहाँले भन्नुभयो । गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कुनै सैन्य सम्झौता नहुने प्रतिबद्धता जनाएको दाहालले बताउनुभयो ।

रितबहादुर खड्काको बलिदानले अहिलेको परिवर्तन सम्भव भएको पनि उहाँको भनाइ थियो । खड्काको त्याग र बलिदानको उच्च कदर गर्दै पार्टी अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो। तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका रितबहादुर खड्कालाई २०५९ साल असार २ गते रौतहटमा प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको थियो । खड्का माओवादीका नेताद्वय देवी खड्का र विशाल खड्काका दाजु हुनुहुन्छ । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…