कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताउनुभयो।

‘पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भन्नुयो, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’उहाँले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै विदेशी सामु लम्पसार पर्न नसक्ने दावी गर्नुभयो । ‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशी सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौ’, अध्यक्ष नेपालको भनाइ छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…