
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिनुभएको छ ।
पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिनुभयो । ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भन्नुभयो, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’
काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२मध्ये १९ वटा वडामा जितेको बताउँदै उहाँले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’ समयको माग अनुसार नचले आउँदा दिन अझै कठिन हुने उहाँले बताउनुभयो । पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन उहाँले सुझाव पनि दिनुभयो । अनलाइनखबरबाट
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…