कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताउनुभएको छ । संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै उहाँले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र कांग्रेसकै बेइज्जत भएको बताउनुभयो । रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भन्नुभयो, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन । बेइजत त हाम्रै कांग्रसको हुन्छ नि नेतृत्व हाम्रो छ ।’ nagariknews.nagariknetworkबाट

 

 

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…