खप्तड लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । सो प्रयोजनको लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।

त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा खप्तड लघुवित्त वित्तीयका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…