खोक्रा नाराले मात्रै कृषिको विकास हुँदैनः भीम आचार्य

विराटनगर । प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीम आचार्यले खोक्रा नाराले मात्रै कृषिको विकास नहुने बताउनुभएको छ । प्रदेश १ को सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता आचार्यले किसानले भोगिरहेका समस्या समाधानका लागि कुनै ठोस योजना नल्याइ खोक्रा नारा मात्रै लगाएर कृषिको विकास नहुने बताउनुभएको हो ।

आचार्यले प्रदेश १ को मुख्य बाली धान लगाउने सिजनमा किसानले मल, बीउ नपाएको बताउनुभयो । मल र उन्नत जातको बीउ नहुँदा उत्पादन ३० प्रतिशतभन्दा बढीले घट्ने भएकाले सरकारले नीति तथा कार्यक्रममा खोक्रा नारा मात्रै लगाएर कृषि क्षेत्रको विकास नहुने स्पष्ट पार्नुभयो । उहाँले कृषिलाई प्राथमिकता दिएको भनिएको नीति तथा कार्यक्रममा खै मल, बीउ र सिँचाइको समस्या समाधान गर्ने कार्यक्रम।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम हेर्दा सबै थोक तर, केही न केही।’ ठोस कार्यक्रमबिनै कर्मकाण्डी रुपमा घोषणा गर्ने काम नगर्ने प्रवृत्तिले कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकिने स्पष्ट पार्नुभयो । आचार्यले भन्नुभयो, ‘किसानलाई मल, बीउ दिने कार्यक्रम खै कहाँ छ।’ आचार्यले गत वर्षको बेमौसमी वर्षाका कारण कृषि बालीमा भएको क्षतिको क्षतिपूर्ति दिने सरकारले घोषणा गरेको तर, अझैसम्म किसानले क्षतिपूर्ति नपाएको बताउनुभयो । उहाँले भन्नुभयो्, ‘राहत दिन्छु भनेर सरकारले गरेको घोषणा अझैसम्म दिइएको छैन।’आचार्यले प्रदेश १ मा काम नगर्ने आसन, भाषण, भोजभतेरमै रमाउने नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो । nagariknews.nagariknetworkबाट

 

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…