गठबन्धन अझै केही वर्ष टिक्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताउनुभएको छ । पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा आज आयोजित प्रशिक्षणमा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताउनुभयो ।

‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बनाउनुपर्ने परिस्थितिका कारण गठबन्धन गरिएको थियो।’बुधबार यही प्रशिक्षणमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो ‘नेपाली कांग्रेसमा दम्भ र अहंकार देखियो भने नेकपा एमालेलाई जस्तै ठेगान लगाउन सकिनेु चेतावनी दिएका थिए।

तर प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै निरन्तरता दिइने पनि बताउनुभएको थियो। माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई माओवादीले स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण दिएको हो । प्रशिक्षणमा दुई सय ४९ जना जनप्रतिनिधि सहभागी छन्। माओवादीले १२१ पालिका प्रमुख जितेको थियो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…