गाँजा खेतीबारे अध्ययन गर्दै सरकार

काठमाडौं । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।

कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिनुभएको हो । ‘गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छ ? नेपालमा कसरी गर्न सकिन्छ ? वा सकिंदैन भन्ने विषयमा अध्ययन गर्न लगाएका छौं,’ बन्दीले भन्नुभएको छ । नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने उहाँको जवाफ छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…