गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड

मोरङ । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् ।

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो । नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएका हुन् ।

गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारूले गाडी तोडफोड भएको विषयमा पालिकामै आएर बुझ्न आग्रह गरिन् । ‘गाडी तोडफोड भएको हो, कसरी भयो, किन भयो भन्ने विषयमा आएर पालिका अध्यक्षलाई नै सोध्नुहोला,’ उहाँले भन्नुभयो । अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको दाबी गर्नुभएको छ । ‘अध्यक्षले सबैलाई समेटेर जान भनेर केहि समितिको संयोजक एमालेलाई पनि दिन सहमति जनाउनुभएको रहेछ, त्यसमा छोराले असहमति राखेपछि विवाद उत्पन्न भएको देखियो,’ एक स्थानीयले भने । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…