गिग्सद्वारा वेल्सको म्यानेजर पदबाट राजीनामा

एजेन्सी । रायन गिग्सले वेल्सको राष्ट्रिय टोलीको म्यानेजर पदबाट ‘तत्काल लागू हुने’ गरी राजीनामा दिएका छन् । ४८ वर्षीय म्यानचेस्टर युनाइटेडका पूर्व विङ्गर सन् २०२० को नोभेम्बरमा पक्राउ परेपछि सो भूमिकाबाट टाढा रहँदै आएका थिए ।

गिग्समाथि पूर्व प्रेमिकाले हिंसाको आरोप लगाएकी थिइन् । जसलाई गिग्सले अस्वीकार गर्दै आइरहेका छन् । गिग्सको अनुपस्थितिमा रोबर्ट पेजले टोलीको नेतृत्व सम्हाल्दै आएका थिए । उनले वेल्सलाई सन् १९५८ पछि पहिलोपटक विश्वकप छनोट गराएका छन् ।

एक वक्तव्य जारी गर्दै गिग्सले लामो सोच विचारपछि टोलीको म्यानेजर पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले वेल्सको फुटबल एसोसिएसन, आफ्ना सहकर्मी र खेलाडीहरूले मुख्य प्रशिक्षकबारे कुनै अन्योल नरही विश्वकपका लागि तयारी गर्न पाउन सही हुने उल्लेख गरेका छन् । वेल्स एफएले गिग्सलाई म्यानेजरका रूपमा उनको कार्यकालका लागि धन्यवाद दिँदै सो निर्णयलाई स्वागत गरेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…