ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने

काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक (बीओके) आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१:१) मा गाभिन लागेका हुन् ।

मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष) नै रहनुहुनेछ । यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको छ ।

समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि ४ महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको छ । समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन् । ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…