घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताउनुभएको छ । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको दाबी गर्नुभयो । उहाँले कसैको पनि नाम उल्लेख नगरी पार्टी र नेतृत्व बदनाम गर्नेहरुलाई समयले नछोड्ने चेतावनी दिउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीमाथि कडा टिप्पणी गर्दै आउनुभएको छ । यस्तै क्रममा उहाँले बुधरबार मात्र पनि संसद विघटन र नेकपा विभाजनमा ओलीले जिम्मेवारी लिनुपर्ने बताउनुभएको थियो । भुसालको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई कसरी मदनाम गर्न सकिन्छ, विस्तापित गर्न सकिन्छ, दानवीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ । ती कामहरु पार्टीभित्र बसेर भइरहेको छ । त्यसको समय क्रममा समयले हिसाब किताब गर्ने छ । त्यमसा धेरै चिन्ता नगरौं ।’

भुसालप्रति संकेत गर्दै ओलीले पार्टीको ओहोदामा बसेर पार्टीकै बेइज्त गर्न लागि परेकाके आरोप लगाउनुभयो । ‘कतिपय व्यक्ति पार्टीमा बसेका छन् । पार्टीले दिएका पद ओहोदा र सुविधाको उपभोग गरिरहेका छन्,’ ओलीले भन्नुभयो, ‘त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान हुन्छ, पार्टीको कसरी बेइज्जत हुन्छ, पार्टीको कसरी अपमान हुन्छ । हो त्यही त्यही काम पनि गरिरहेका छन् ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…