घरायसी र व्यावसायिक प्रयोजनका ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य तोक्न उपसमिति गठन

काठमाडौं । नेपाल आयाल निगमले घरायसी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिित गठन गरेको छ । बिहिबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । ‘हिजो बसेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ’ भट्टराईले भन्नुभयो , ‘सबै स्टेक होल्डर सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारणबारे समिति गठन गरिएको छ ।’

भट्टराईकाअनुसार समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यसअघि भएका अध्ययन र प्रयोगलाई पनि समितिले पुनः अध्ययन गर्नेछ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…