
२३.८५ अंकले घट्यो सेयर बजार
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो ।
गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गर्नुभयो।
उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।
त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताउनुभयो । डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ । यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।
प्राथमिकतामा शिक्षा
उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राखदै बजेट ल्याएको छ । शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ ।त्यस्तै घोराहीलाइ सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापन तर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ ।त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ । अनलाइनखबरबाट
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…