चिकित्सकको सिफारिसबिना औषधि बेच्‍ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं । लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…