चिर्पट प्रहार गरेर युवकको हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१ मा युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका ४० वर्षीय खगेन्द्र लिम्बुलाई पक्राउ गरेको छ ।

असार ४ मा मध्यराति झगडा हुँदा खगेन्द्रले चिर्पट प्रहार गरेका थिए । काठको चिर्पटले हिर्काउँदा गम्भिर घाइते भएका दिपेनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला…