छोरी हत्याको आरोपमा आमा पक्राउ

दाङ । दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो।

राप्ती गाउँपालिका–३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन। त्यसपछि आवेगमा आएर ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो। ती बालिका माइतीमा बस्दै आएकी थिइन्।

हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ वर्षीय विकास घर्तीले ती किशोरीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेको एसपी काफ्लेले जानकारी दिनुभयो । ‘एक वर्ष पहिले, १४ वर्षको उमेरदेखि नै ती किशोरी र घर्तीको बीचमा सम्बन्धहरू भएको देखिन्छ,’ एसपी काफ्लले भन्नुभयो,‘ मुस्ताङमा रहेका घर्तीलाई झिकाएपछि थप कुरा खुल्ने छ।’शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…