जनप्रतिनिधिबिचको विवादले मालिका गाउँपालिकाको पहिलो र विशेष गाउँसभा स्थगित

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र कार्यपालिका अन्तरगत विषयगत समिति गठन गर्ने प्रस्तावमा बिवाद भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट निर्वाचित गाउँसभा सदस्यहरुले गाउँपालिका अध्यक्षले बजेट बाँडफाड र विषयगत समिति गठनमा एकलौटी गरेको आरोप लगाएका छन् ।बहुमत सदस्यहरुले बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको छ । कांग्रेसबाट निर्वाचित वडा नम्बर १ का अध्यक्ष टंकप्रसाद पुनले गाउँपालिका अध्यक्ष एकलौटी दंगले पेलेर अघि बढ्न खोजेपछि फरक मत राखेर बहिस्कार गरिएको बताउनुभयो ।‘कार्यपालिका बैठकमा बहुमतको दम्भ देखाएर एकलौटी दंगले बजेट रकमान्तर र कार्यपालिका सदस्यलाई छलेर गाउँसभा सदस्यलाई विषयगत समितिको संयोजक बनाउने निर्णय गराउनुभयो,’ उहाँले भन्नुभयो ‘सबैको अस्तित्व रहनेगरी विषयगत समिति गठन र छलफलमा सहमतिबाट बजेट बाँडफाँड गर्नुपर्ने हाम्रो भनाई हो ।’

१४ सदस्यीय मालिकाको कार्यपालिकामा एमालेका ८ जना छन् । ३९ सदस्यीय गाउँसभामा भने एमालेका अध्यक्ष र उपाध्यक्ष सहित १७ जना सदस्य मात्र भएकाले अल्पमतमा छन् । कार्यपालिकामा अध्यक्षले देखाएको हैकमबादी र एकलौट व्यवहारको बिरोध गर्दै २२ जना गाउँसभा सदस्यले बहिस्कार गरेको एकिकृत समाजवादीबाट निर्वाचित कार्यपालिका सदस्य अनुप गौचनले बताउनुभयो ।

आर्थिक वर्षको अन्तमा कार्यान्वयन भइरहेका योजनालाई अलपत्र पारेर बजेट कटौटी गरी आफू अनुकुलका टुक्रे योजना र कार्यक्रममा बिनियोजन गरेको काँग्रेस, माओवादी र एकिकृत समाजवादीका जनप्रतिनिधीहरुको आरोप छ ।गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका स्वकीय सचिव बिनोद बुढाथोकीले स्थगित भएको गाउँसभा कसरी अघि बढाउने भन्ने छलफल र परामर्शमा अध्यक्ष व्यस्त भएको बताउनुभयो ।

‘भोली छलफलका लागि वार्तामा बोलाएका छौ,’ अध्यक्ष गर्बुजाका स्वकीय सचिव बुढाथोकीले भन्नुभयो, ‘वार्तामा आउनुभएन भने विकल्प खोजेर अघि बढ्छौ ।’ कार्यपालिका अन्तरगत राजस्व परामर्श तथा बजेट सिमा निर्धारण, आर्थिक, भौतिक पूर्वाधार, सामाजिक विकास, विपद् व्यवस्थापन र सभा अन्तरगत लेखा लगायत विषयगत समिति हुने गर्छ । योजना तर्जुमा र बजेट बाँडफाँडमा विषयगत समितिको भूमिका हुन्छ । कार्यपालिकाको निर्णय अनुमोदन र पारित गर्ने अधिकार भएकाले गाउँसभा कार्यपालिका भन्दा शक्तिशाली मानिन्छ ।

सम्बन्धित समाचार

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…

thumbnail

मालिका गाउँपालिकामा आइतबार पनि विद्यालय खोल्ने

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको…