जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ । जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुनुहुन्छ । उहाँले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याउनुभएको थियो । उहाँले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उहाँले प्राकृतव्याकरण नामको अर्को पुस्तक पनि लेख्नुभएको थियो । विसं १९९७ असोज १ गते उहाँको निधन भएको थियो ।

नेपालका राष्ट्रिय विभूतिहरु

१. गौतम बुद्ध
२. अंशुवर्मा
३. सीता
४. जनक
५. अरनिको
६. रामशाह
७. अमरसिंह थापा
८. पृथ्वीनारायण शाह
९. भानुभक्त आचार्य
१०. भीमसेन थापा
११. बलभद्र कुँवर
१२. श्री ५ त्रिभुवन
१३. मोतीराम भट्ट
१४. शंखधर शाख्वा
१५. पासाङ ल्हामु शेर्पा
१६. महागुरु फाल्गुनन्द
१७. भक्ति थापा
१८. जय पृथ्वीबहादुर सिंह

अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…