जसपा नेपालमा राजपा लोकतान्त्रिक विलय

काठमाडौं । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (जसपा) नेपालमा विलय भएको छ। जनकपुरमा आइतबार आयोजित कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो।

मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले बताउनुभयो। एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत जसपा राजपा लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।कार्यक्रममा अध्यक्ष यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनुपर्ने बताउनुभयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…